आयोगले गर्‍यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन

काठमाडौं/२६ साउन – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।


आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन दरखास्त दिनु सकिने आयोगले जनाएको छ । आवेदन भाद्र २३ गतेसम्म दिनुपर्ने छ भने दोब्बर दस्तुर बुझाई भाद्र ३० गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ ।


अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् तोकिएका कागजातहरू पेश गरी राजश्व दस्तुर बुझाई सकेपछि पेश गरिएको कुनै कागजात परिमार्जन÷संशोधन तथा थपघट गर्न नसकिन भएकोले व्यक्तिगत विवरण र पेश गर्नुपर्ने कागजातहरु सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त पेश गर्न अयोगले आग्रह गरेको छ ।


साथै उम्मेदवारले पेश गरेका कुनै पनि प्रमाणपत्रहरू रुजू गर्ने क्रममा यस परीक्षाको नतिजा प्रकाशनका बखतसम्म पनि फरक परेमा वा अन्यथा पाइएमा आयोगबाट त्यस्ता दरखास्त रद्द गर्नेछ ।

हेर्नुहोस विज्ञापन