स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

मोरङ/२० साउन – विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठककरबाट धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।


मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसले ठक्कर दिँदा साइकल यात्री ठाकुरको मोरङ प्रहरीले जननाएको छ । विद्यार्थी लिन गएको उक्त बसले बिहान ९ः४५ बजेतिर ठक्कर दिएको थियो ।


गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङेली अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।