काठमाडौं/९ भदौं-सरकारले सम्झौंता अनुसार माग पुरा नगरेपछि विद्यालय कर्मचारीहरुले आज खुला मञ्चदेखि माइतीघर सम्म बृहत ¥याली गरेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले खुलामञ्चदेखि माइतीघरसम्म ¥याली निकाल्दै आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिएका हुन् ।
बिहान १० बजे खुलामञ्चबाट निकालिएको ¥याली माइतीघरमा पुगेर कोणसभामा परिवर्तन भएको थियो । भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्को ¥यालीमा देशभरका १० हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको जानकारी दियो ।

नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले जनाएको छ ।
भदौं १ गतेदेखि सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिईरहेको छ । भदौ १ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्ना, दुई गते केन्द्रको मुलगेटमा ताला समेत लगायएको थियो ।
परिषद्ले ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध ¥याली आयोजना गरेसँगै १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरि रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग रहेका छन् ।





