त्रिवि उपकुलपतिको कार्यकक्षमै नेविसंघको विरोध

काठमाडौं/८ भदौं-नेविसंघले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्ष मै विरोध प्रदर्शन गर्नुका साथै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएका छन् । विभिन्न विषयका परीक्षामा गत वर्षकै प्रश्न हुबहु दोहो¥याएकोबारे छानबिन गर्न गठित समितिले त्रिविलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक नभएको भन्दै नेविसंघले त्रिवि उपकुलपति कार्यकक्ष भित्रै विरोध प्रदर्शन तथा कुर्सीमा जुत्ताको माला लगाइदिएका हुन् ।


छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गरे पनि त्रिभुवन विश्वविद्यालयले नगरे पछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेविसंघ त्रिविले जनाएको छ । साथै उपकुलपतिलाई पटक पटक भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाइदिँदै कार्यकक्षमा नारावाजी गर्नुका साथै उपकुलपति धर्मकान्त बाँस्कोटाको राजीनामा माग गरेका थिए ।


प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा विभिन्न कारण देखाएर उपकुलपति कार्यालय प्रवेशमा रोक लगाइए पछि त्यसविरूद्ध आन्दोलन गर्न बाध्य भएको जनाएका छन । गत जेठ १८ गते लिएको अर्थशास्त्रअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ लगायत विषयका प्रश्नपत्र गत वर्षकै दोहोरिए पछि विद्यार्थीले विरोध गरेका थिए भने छानबिन गर्न समिति बनेको थियो ।