रुपन्देहीमा नेपाल मै पहिलो अटिजम स्कुल संचालन

रूपन्देही/भाद्र-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको श्री शान्ति नमुना माध्यमिक विद्यालयले नेपाल मै पहिलो अटिजम स्कुल संचालन गर्ने भएको छ ।


आज अटिजम स्कुलको उदघाटन गर्दै लुम्बिनि प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भएका बच्चाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार आवश्यक रहेको बताए ।


मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउन को लागि श्री शान्ति विद्यालयले चालेको कदम प्रति प्रदेश सरकारले सहयो गर्ने बताए । कैयौंको जीवनलाई सहज बनाउनको लागि चाहिने स्रोत साधनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री वसिउद्दिन खानले बताए ।


तिलोत्तमा नगरपालिका नगर प्रमुख राम कृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताए । यसका लागि नवजात शिशुको विकासक्रममा दुई–तीन वर्षदेखि नै हुने असामान्य अवस्थाहरुमा ध्यान दिनुपर्ने बताए । पछिल्लो समय आमा बुबाको व्यस्तताले बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईलका कारण पनि बच्चामा अटिजम रोग लाग्ने गरेको बताए ।


अटिजम केयर सोसाईटि लुम्बिनिका अध्यक्ष सतिस रुपाखतीले अटिजम आफैमा विषेस अवस्था भएको बताए । हेर्दा सामान्ने देखिने बच्चाहरु अरु बच्चा भन्दा फरक देखिन केहि समय ति बच्चाहरुसँग घुलमिल गर्नेले मात्र थाहा पाउन सकिने उनले जानकारी दिए ।


श्री शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम स्कुल संचालन गर्न लागेको बताउँदै सामान्यभन्दा विशेष प्रकारको शिक्षा, दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाउने बताए ।


त्यसका लागि आबस्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानिय तह र प्रदेश सरकार संग लामिछानेले आग्रह गरे ।