चन्द्रकान्त खनाल
रुपन्देही/३ भादौं-लुम्बिनी प्रदेश सरकार परिवर्तन संगै मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षालाई पहिलो प्राथमिकता दिएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सुरु गरे ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमवाट शिक्षालाई सुधार गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको कार्यक्रमले २ हजार ७ सय ७९ विद्यालयका ४१ हजार विद्यार्थी लाभाविन्वत भएका छन । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम नमूना योग्य भएकोले यसलाई अझै निरन्तर सञ्चालन गर्नुपर्ने सरोकारवालाले बताएका छन ।

मुख्यमन्त्रीको आफ्नो गौरवको आयोजनाको रुपमालिइएको शैक्षिक सुधार कार्यक्रम मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अमरबहादुर डाँगीले मुख्यमन्त्रीको सपना भनेको शिक्षा क्षेत्रबाट आमूल परिवर्तनको सम्भव भएको बताउँदै त्यसकालागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई अगाडि बढाएको वताए ।
उनले प्रदेशको शैक्षिक स्तरलाई माथि उठाउनको लागि कार्यक्रमको महत्वपूर्ण योगदान गरेको बताउँदै त्यसलाई आगामी दिनमा अझै निरन्तरता रुपमा अगाडि बढाउनु पर्ने वताए । साथै शिक्षालाई नयाँ उचाईमा उठाउँनका लागि प्रदेश सरकारले कार्यक्रम अगाडि सारेको बताउँदै त्यसलाई कार्यन्वयनको अवस्थामा अगाडि बढाउदाँ आउने चुनौतिहरुसँग सामाना गर्दै अगाडि बढ्न पर्ने बताए ।
राष्ट्रको विकासका लागि शैक्षिक क्षेत्रको विकास नै पहिलो आधार भएकोले गर्दा आफ्नो कार्यकालमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागि गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीले वताए ।

मानिस र समाज सुधार गर्नु छ भने शैक्षिक क्षेत्रको विकास र सुधार गर्न आवश्ययक छ उनले भने । त्यसैले बालबालिकाको भविष्यलाई सुन्दर बनाउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको बताए । उनले यो कार्यक्रमलाई निरन्तरता दिने समेत बताए । शैक्षिक सुधार कार्यक्रमका निर्देशक ग्रीस पुन मगरले प्रदेशका जिर्ण, अभावमा रहेका विद्यालयहरुको विकासका लागि यस कार्यक्रमको पहिलो उद्धेश्य रहेको जानकारी दिए ।
निर्देशक पुनले विद्यार्थीमैत्री विद्यालय निर्माण गर्ने, विद्यालयको रंग रोगन, विद्यालयमा बगैचा, खानेपानी, फिल्ड निर्माण, कक्षाकोठा निर्माण, शैक्षिक सामाग्री वितरण, पोशाक तथा अन्य सामाग्री प्रदान गरिएको बताए । यो कार्यक्रममा गाउँपालिकामा ६० लाख, नगरपालिकामा ७० लाख र उपमहानगर पालिकामामा ८० लाख विनियोजन गरिएको समेत जानकारी दिए ।
आन्तरिक श्रोत न्यून भएका, विद्यार्थी संख्या कम भए पनि गाभिन नसक्ने, राज्यको कम प्राथमिकता परेको विद्यालयहरुलाई प्राथमिकतामा पारी छनौट गरिएको थियो । लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई ६९ करोड ४० लाख बजेट बिनियोजन भएकोमा ६४ करोड २० लाख ३८ हजार खर्च भएको पुनले बताए । प्रदेशका १२ जिल्लामध्ये रुकुम जिल्लामा ९९ प्रतिशतखर्च भएको बताए ।
मुख्यमन्त्री कार्यक्रम रोल्पा जिल्लामा २ सय ३३ वटा विद्यालयमा लागु भएको छ भने अन्य प्यूठान जिल्लामा २ सय ५७, रुकुम पूर्वीमा ५७ वटा, नबलपरासी जिल्लामा १ सय ८१ वटा, पाल्पामा ५ सय ०३ वटा, गुल्मी २ सय ६४ वटा, रुपन्देहीमा २ सय ८८ वटा, कपिलवस्तुमा २ सय ६५ वटा विद्यालयमा संरचना निर्माण भएका छन् ।
कार्यक्रमबाट माध्यमिक विद्यालय ७ सय ६३ वटा आधारभूत १ हजार ७ सय ६६, धार्मिक ५५ बालविकास १ सय ९५ गरी जम्मा २ हजार ७ सय ७९ वटा विद्यालयहरुमा यो कार्यक्रमबाट सेवा पाएको पुनले बताए । मुख्यमन्त्री सैक्षिक सुधार कार्यक्रमबाट ४१ हजार ५ सय ४२ जना लाभाविन्त भएका छन् ।
शैक्षिक सुधार कार्यक्रमका सहजकर्ता बसन्त चौधरीले आफूहरुले कार्यक्रम लगेर जान नै नसक्ने थियो तर थोरै रकमबाट कार्य सम्पन्न गरी अहिले विद्यालय पढाउन र हेर्न लायक बनाएको बताए । प्रदेश शिक्षा निर्देशक मनोज पौडेल मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट शिक्षालाई सुधार गर्न सकिन्छ भन्ने उदेश्यले सुरु भएको हो यो कार्यक्रमले शिक्षक भवनदेखी अन्य अभाव भएका विद्यालयलाई सहजभएको बताए ।



