काठमाडौं/१ भदौं-शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले कर्णाली प्रदेशको कार्यसम्पादन मुल्याङकनको आधारमा शिक्षकहरुको बढुवा गरेको छ । विभिन्न मितिमा निर्णय अनुसार निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने शिक्षकको नामावली सार्वजनिक गर्दै बढुवा गरेको हो ।
आयोगले निवेदन दिएका उम्मेदवारहरुको नियमावली २०५७ (संशोधासहित)को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र वित्रापन अनुसार उम्मेदवारहरुको नामावली शिक्षक सेवा आयोगको नियमावली २०५७ (संशोधन सहित)को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।
बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझे सूचना प्रकाशित भएको ३५ दिनभित्र निर्देशनालयमा उजुरी दिन सकिने समेत जनाएको छ ।




