सिटिइभिटीद्धारा सीप परीक्षणको आवेदन माग

काठमाडौं/२२ साउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले सीप परीक्षणको लागि आवेदन माग गरेको छ । राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परीयोजना दोस्रोको सहयोगमा सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सीप परीक्षणमा सम्मिलित हुनका लागि आवेदन माग गरेको हो ।


सम्मिलित हुन चाहाने १६ वर्ष उमेर पुगेका वा वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने छन् ।