काठमाडौँ /१५ साउन-मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले आज चेकजाँच गर्दा विीभन्न स्कुलका पाँच जना चालकले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेपछि कारबाही गरेको हो ।
त्यसैगरी स्कुल बस चालकलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आज बिहान उपत्यकाका विभिन्न स्थानमा जाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा नियमानुसार कारबाही गरेको जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयल स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही गरिएको जनाएको हो । साथै आगामी दिनहरूमा समेत निर्देशिका विपरीत सञ्चालन हुने स्कुलका सवारी साधनहरूलाई कानुन बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।





