रिलायन्स को-एड स्कुलका दुई जना विद्यार्थी ल्याए एसईईमा फोर जिपीए

काठमाडौं/१२ साउन-माध्यामिक शिक्षा परीक्षा(एसईई)मा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका कपन बालुवाखानि स्थित रिलायन्स को-एड स्कुलबाट दुई जना विद्यार्थीले जिपीए फोर ल्याएका छन् । विद्यार्थी समिना बम र तारादेवी पाण्डेले जिपीए फोर ल्याउन सफल भएका हुन् ।


स्कूलका ६४ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी भएका थिए । जसमा दुई जनाले फोर जिपीए ल्याएका छन् भने २० जनाले ‘ए’ प्लस, ३२ जनाले ‘ए’ र १० जनाले ‘बि’ प्लस ल्याएका छन् ।


रिलायन्स एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित रिलायन्स को-एड स्कुल काठमाडौंले स्थापना वर्ष २०७१ सालदेखि नै हरेक वर्षको एसईई परीक्षामा उत्कृष्टता कायम गर्दे आइरहेको विद्यालयले जनाएको छ ।