पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको आधार अनुसार कक्षा ११ मा भर्ना गर्न निर्देशन

काठमाडौं /१२ साउन-राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले कक्षा ११ मा तोकिएको भर्नाका आधारहरुमा भर्ना गर्न आग्रह गरेको छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको भर्नाका आधार अनुसार भर्ना गराउन सबै प्रधानाध्यापक तथा कलेज प्रमुखलाई आग्रह गरेको हो ।


साधरण शिक्षा तर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययनका लागि न्युनतम औसत ग्रेड प्वाईन्ट (जिपिए) १.६ प्राप्त गरी कक्षा १० मा अध्ययन गरेका अनिवार्य गरेका अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।


साथै कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेक अन्य अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वईन्ट १.६ प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।