रुपन्देहीमा एसईई नतिजा : पाँचजनाले ल्याए जीपीए फोर, कालिका, अक्सफोर्ड र होराइजन उत्कृष्ट

चन्द्रकान्त खनाल
रुपन्देही/१२ साउन-माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जिपीए फोर ल्याएका छन्। जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । कालिका मानवज्ञानबाट १ जना अक्सफोर्ड माबिका २,होराइजनमाबिका २ जनाले जीपीए फोर ल्याएका हुन् ।


बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट १ जना जनाले जीपीए ल्याएको बिद्यालयका प्रार्चाय दिनेश थापाले बताउनु भयो। कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका प्रअ दिनेश थापाले बताउनु भयो।
त्यस्तैगरी सामुदायिक विद्यालयतर्फ बुटवलस्थित कालिकानगरमा रहेको कालिका मानवज्ञानका ६ सय १ जना सहभागी विद्यार्थीहरुमध्ये विवेक न्यौपानेले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तैगरी ३.६ देखि ४.० सम्म ६७ जना, ३.२ देखि ३.६ सम्म १ सय ४६ जना, २.८ देखि ३.२ सम्म २ सय ८ जना, २.४ देखि २.८ सम्म १ सय ४४ जना, २.० देखि २.४ सम्म ३९ जना र १.६ देखि २ सम्म १ जना उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश थापाले वताउनु भयो।


त्यस्तै अक्सफोर्डका बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल–११ कालिकानगर स्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट २ जनाले जीपीए फोर प्राप्त गरेका हुन्। होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए फोर ल्याएको बिद्यालयले जनाएको छ ।


न्यू होराइजन माध्यमिक विद्यालय कालिकानगरमा सहभागी कुल ३ सय ६ जना विद्यार्थीहरुमध्ये २ जना विद्यार्थीहरु विमर्श ज्ञवाली र स्प्रिया ढकालले उत्कृष्ट जीपीए ४ प्राप्त गर्न सफल भएका छन् । त्यस्तैगरी १२ जना ए प्लस, ४५ जना ए, ८३ जना बी प्लस, ८६ जना बी, ६३ जना सी प्लस र १७ जनाले सी ग्रेड ल्याएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले वताउनु भयो।


त्यस्तैगरी बुटवल–८ सुख्खानगरमा रहेको अक्सफोर्ड मा.वि.मा सहभागी १ सय ११ जना विद्यार्थीमध्ये २ जना विद्यार्थीहरु विलक्षण भुसाल र दिपेश भुसालले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तैगरी सोही विद्यालयका प्रशन्ना पन्थी, रिश्मा शर्मा र विजय खनालले ३.९५ जीपीए प्राप्त गरेका छन् ।


त्यस्तैगरी ३.२ भन्दा माथि ५१ जना र २.८५ भन्दा माथि ४८ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश भुसालले वताउनु भयो। सामुदायिक विद्यालयतर्फ कान्ति मा.वि. बुटवलका सहभागी ३ सय ८३ जना विद्यार्थीमध्ये राजन शर्मा पौडेलले सबैभन्दा बढी ३.९ जीपीए प्राप्त गरेका छन् । त्यस्तैगरी सोही विद्यालयका ३.६५ देखि ४ सम्म ७ जना, ३.२५ देखि ३.६ सम्म ४९ जना, ३.८५ देखि ३.२ सम्म १ सय जना, २.४५ देखि २.८ सम्म १ सय ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।


त्यस्तैगरी २ देखि २.४ सम्म ६० जना, १.६५ देखि २ सम्म २२ जना, १.६ ल्याउने १ जना र १.४ ल्याउने २ जना रहेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले वताउनु भयो। । कान्ति मा.वि. बुटवलमा खुला विद्यालयतर्फ ६६ जना सहभागी विद्यार्थीमध्ये ५० जना विद्यार्थी उत्तीर्ण भई कक्षा ११ पढ्न पाउने भएका छन् । रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ ।