एसईई परीक्षामा कुल परीक्षार्थीको २.७२ प्रतिशत अनुपस्थित

काठमाडौं /१२ साउन-राष्ट्रिय परीक्षा बोर्डको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा कुल परीक्षार्थीको २.७२ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।


अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ । अनुपस्थित भएको जानकारी सहित बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो ।