यो वर्षको एसईई नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं/११ साउन-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ विद्यार्र्थी सहभागी थिए ।


यो वर्षको एसईईमा, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ र ०.१ देखि १.२ जीपीएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ ।


यसरी हेर्न सकिन्छ नतिजा :
एसइईको नतिजा हेर्न एसएमएसका लागि सर्टकोड ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन् ।

www.see.gov.np

http://www.neb.gov.np/results