योगमाया आयुर्वेद विश्वविद्यालय र मदनभण्डारी विश्वविद्यालयको विधेयक संसदबाट पारित

काठमाडौं /१० साउन-प्रतिनिधि सभाको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विधेक २०६९ र राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको दुइै विश्वविद्यालयको लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विशिष्टीकृत दुई फरक शैलीका मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय खोल्ने सम्पूर्ण कानुनी प्रक्रिया अघि बढेको जानकारी दिँदै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।