त्रिविमा पार्टीगत भागबण्डा, तीन पार्टीका तीन मान्छे : सांसद भीमसेन प्रधान

काठमाडौं /१० साउन-नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयमा पार्टीगत भागवण्डा गरेर नियक्ति गर्ने परम्पराका कारण बिग्रिएको बताएका छन् । आज प्रतिनिधिसभाकोे बैठकका बोल्दै तीन पार्टीका तीन जना नियुक्ति गरीएको भन्दै पार्टीगत भागवण्डाले विश्वविद्यालय बिग्रिएको बताएका हुन ।


उनले पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नेपालका दुर्गम क्षेत्रका विद्यार्थीले पढ्ने एक सरकारी विश्वविद्यालय रहेको र त्यसैमा सबै भन्दा बढी बेरुजु रहेको समाचार आइरहेको समेत बताए । उनले भने “विश्वविद्यालय अनुसन्धान आयोगले रकम छुट्टयाए पनि विश्वविद्यालयमा अनुसन्धानका लागि पैसा नै छैन । विश्वविद्यालय जागीर खाने ठाउँ हैन, अनुसन्धान गर्ने थलो हो । तर पैसा जति तलबमा गयो ।”


विश्वविद्यालय प्राज्ञिक थलो भन्दा पनि राजनीति रुपमा भागबण्डा गरेर नियक्ति गर्ने थलो रहेको भन्दै विश्वविद्यालयमा अहिले तीन पार्टी, तीन मान्छे रहेको बताए । “भिसी एमालेबाट, रेक्टर माओबादीबाट, रजिस्टार अर्को पार्टीबाट” उनले भने ।


उनीहरूको नमिल्नाले विश्वविद्यालयमा समस्या भएको उनले बताए । ‘तीन जना सर्प, बिच्छी र भ्यागुतो जस्तो भयो । उहाँहरू नमिल्ने,’ उनले भने । यसको विकल्प राज्यले कुलपति छानेर उसलाई टिम छान्न दिएर काम गर्न दिनुपर्ने बताए ।