काठमाडौं/२३ असार-प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
शैक्षिक सत्र २०७० ०७१ सम्म भर्ना भई रजिष्ट्रेसन कायम भएका विभिन्न वर्ष र खण्डका कार्यक्रमहरुको तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गत प्रमाणपत्र तहको परीक्षामा अनुक्तिर्ण भएका विद्यार्थीहरुको विशेष मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा साउन २५ गते बिहान ७ बजे प्रथम सिफ्ट र दिउँसो २ बजे दास्रो सिफ्टमा सञ्चालन हुने जनाएको छ ।
यहाँबाट हेर्नुहोस तालिका :



