निजी विद्यालयहरुले तीन महिनाको शुल्क नलिने

जनकपुरधाम/१६ असोज- जनकपुरधाम उप-महानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएका छन् ।


कोभिड १९ कोे दोस्रो लहरसँगै विद्यलाय बन्द रहेको अवस्थामा निजी विद्यालयले विद्यार्थीहरुको जेठ,असार र साउन गरी तीन महिनाको सम्पूणर् शुल्क मिनाहा गर्ने भएका हुन् ।


जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख लालकिशोर साहको अध्यक्षतामा निजी संस्थागत विद्यालयको छाता संगठनहरु प्याब्सन, एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारीहरु सहभागी भएको बैठकले तीन महिनाको मासिक शुल्क मिनाहा गर्ने निणर्य गरेको जनकपुरधाम उप-महानगरपालिकाले जानकारी दिएको छ ।


विद्यलार्थीहरुसँग मासिक शुल्क, यातायात, छात्रावास लगायत कुनै पनि शुल्क नलिने सहमति भएको जनकपुरधाम उप-महानगरपालिका द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।