काठमाडौं /१५ असोज-चिकित्सा शिक्षा आयोगको असोज १३ मा प्रकाशित सूचना अनुसार चिकित्सा शिक्षाको स्नातकोत्तर तहको छात्रवृत्ती र विदेशी कोटातर्फको भर्ना सूची प्रकाशित भएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान, डीन कार्यलयले एक सूचना जारी गर्दै सम्बन्धन प्राप्त कलेजहरुमा भर्ना लागि निर्देशन दिएको हो ।

शैक्षिक कार्यक्रमका लागि छात्रवृत्त र विदेशी कोटातर्फ पहिलो म्याचिङग पहिलो नतिजा अनुसार विद्यार्थी भर्ना गर्नुपर्ने छ ।
छनोट भएकाहरूले कलेजको आधारमा विभिन्न समयसिमा दिइएको छ । भर्ना समय असोज १५ गते देखि १९ गते सम्म र दिनको ११ बजेदेखि ३ बजेसम्म तोकिएको छ । भर्ना हुँदा विद्यार्थी आफै उपस्थिति हुनु पर्ने छ ।





