किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले साइकल वितरण

तुलसीपुर/५ असोज-अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले ८ देखि १२ कक्षासम्म अध्ययन गर्ने छात्राहरूलाइ ५० वटा साइकल वितरण गरेको हो ।


“किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।


तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गरेका हुन् ।


किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले अघिल्लो वर्षदेखि किशोरीहरूलाई साइकल वितरण गर्दै आइरहेको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताए ।


सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययन गर्ने र घरदेखि विद्यालयसम्मको दुरी आधा घन्टा भन्दा बढी भएका छात्राहरुलाई सम्बन्धित विद्यालयको सिफारिसका आधारमा साइकल वितरण गर्दे आएको तुलसीपुर उपमहानगरपालिकाले जानाएको छ ।