त्रिवि द्धारा ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम खुला

काठमाडौं /४ असोज-त्रिभुवन विश्वविद्यलाय परीक्षा नियन्त्रण कार्यलयले ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यावस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुला गरेको हो ।


परीक्षर्थीहरुले असोज ५ गते देखि कार्तिक १० गते सम्ममा नियमित दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित कार्तिक १७ गते सम्म परीक्षा आवेदन फारम भरी बुुझाउनु पर्ने जनाएको छ ।