विद्यार्थीलाई प्रवेश नदिएका देशमा शुल्क नपठाउन फेकनको आग्रह

काठमाडौं /२१ असार- स्वतन्त्र शैक्षिक परामर्श संघ,नेपाल (फेकन)ले अभिभावक विद्यार्थीलाई विदेशका विश्वविद्यालय तथा कलेजमा कुनैपनि शुल्क नपठाउन आग्रह गरेको छ । कोभिड १९ का कारण विद्यार्थीहरुलाई प्रवेश नदिएका देशहरुमा शुल्क नपठाउन आग्रह गरेको हो ।


अष्ट्रेलिया,जापान, लगायतका देशहरुले विद्यार्थीहरुलाई प्रवेश नदिएको अवस्था,हवाई सूचारु नभएको र नाका खुल्ने प्रष्ट योजना नदेखिएकाले कुनै पनि किसिमको शुल्कहरु नपठाउन सूचना जारी गरिएको छ ।


साथै सिमा नाका खुलेका र खुल्न प्रष्ट योजना भएका मुलुकहरुमा मात्र भिषा प्रक्रिया अघि बढाउन अभिावक,विद्यार्थी तथा शैक्षिक परामर्श व्यावसयीहरुलाई अनुरोध गरेको छ ।


पटक पटक लकडाउनले भाषा कक्षा संचालन,भाषा परीक्षा, एन.ओ.सि,बायोमेट्रिक्स जस्ता आवश्यक गतिविधि गर्न असहजता उत्पन्न भएको जानकारी दिदै कोभिड १९ महामारीका कारण शैक्षिक परामर्श व्यावसाय शुन्य अवस्थामा रहेको सूचनामा उल्लेख गरिएको छ ।