काठमाडौं/१३ असार-त्रिभुवन विश्वविद्यालय आंशिक प्रध्यापक संघले विश्वविद्यालयसँग भएको सम्झौता कार्यन्वयन नभए अनलाईन कक्षा बन्द गर्ने निर्णय भएको छ । आंशिक प्रध्यापक संघ र त्रिभुवन विश्वविद्यालय विच शिक्षण सहायकको सेवा सुविधा पाउने गरी सम्झौता भएपनि कार्यन्वयन नगरीएकोले अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दे सम्झौता कार्यन्वयन नभए सम्म केन्द्रीय विभाग,प्राविधिक तथा सम्पूर्ण आङ्गिक क्यम्पसका अनलाईन कक्षाहरु बन्द गर्ने निर्णय गरेको छ । साथै यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति विश्वविद्यालयका पदाधिकारी नै जिम्मेवारी हुने चेतावनि दिएको छ ।
त्रिभुवन विश्वविद्यालय आंशिक प्रध्यापक संघ वार्ता समितिका प्रतिनिधि र विशवविद्यालय वार्ता समितिका प्रतिनिधिहरु बिच आंशिक प्रध्यापक संघले उठाएका मगहरुका सम्बन्धमा २०७७ पुष २४ गते सात बुँदे सम्झौता भएको थियो ।





