काठमाडौं/१ असार-चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/ ७८ का लागि स्नातक तहका विभिन्न विधामा शिक्षण संस्थागत रुपमा सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको जेठ १९ मा बसेको बैठकले स्नातक तहका विभिन्न विधामा सिट संख्या निर्धारण गर्ने निर्णय गरेको हो ।
ओयोगले सिट संख्या निर्धारण गरेपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएसमा १ सय सिट पाएको छ । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट पहिलो पटक महाराजगन्जले एमबीबीएसमा १ सय सिट पढाउन पाउने अनुमति दिएको हो ।
यस्तै, बिडिएसमा महाराजगन्ज क्याम्पसलाई २५ सिट अध्यापन गराउन अनुमति दिइएको छ । अघिल्लो शैक्षिक सत्रमा महाराजगन्ज क्याम्पसले एमबीबीएसमा ७९ र बिडिएसमा २५ सिट पाएको थियो ।
पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० सिट एमबीबीएस पढाउने अनुमति पाएको छ । यस अघि कर्णालीले २५ सिट एमबीबीएस अध्यापन गराउन अनुमति पाएको खबर आएपनि त्यो सत्य नभए पनि यस पटक आयोगले आफै इन्पेक्सन गरेर कर्णालीलाई २० सिटबाट एमबीबीएस पढाउने अनुमति दिएको छ । यसअघि जुम्लामा एमडी र एमएसको अध्यापन सुरु भइसकेको छ ।





