काठमाडौं/२२ जेठ–त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय प्राथमिकता प्रप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्तावको समय थप गरेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यलय,अनुसन्धान निर्देशनालय कीर्तिपुरद्धारा नेपाल सरकारबाट आर्थिक वर्ष २०७७/७८ को अनुसन्धान अनुदान कार्यक्रम अन्र्तगत त्रिवि अन्र्तगतका सम्पूर्ण निकायहरुबाट राष्ट्रिय प्राथमिकता प्रप्त क्षेत्रहरुमा अनुसन्धान गर्नका लागि प्रस्तावको समय थप गरेको हो ।
यस अघि जेठ २० गते भित्र निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धानको प्रस्ताव बेशाख २० गते आह्वान गरीएकोमा कोभिड १९ महामारी बढ्दै गएको अवस्थामा बन्दाबन्दीको कारण अनुसन्धान कर्ताबाट अवश्यक संख्यामा अनुसन्धान प्रस्ताव पेश हुन नसक्को हुँदा पुनः समय थप गरिएको छ ।
साथै उक्त अनुसन्धान प्रस्ताव एंव आवश्यक कागजातहरु पेश गर्ने समय सकिएको मिति देखि जेठ ३१ गते ४ः०० बजे सम्म समय थपिएको जनाकारी गइएको छ ।




