काठमाडौं/१९ जेठ– नेपाल शिक्षक महास महासङ्घ आवद्ध सम्पुर्ण शिक्षकहरु द्धारा “कोभिड खोप नलगाए सम्म स्कुलहरु सञ्चालन हुदैनन” भन्दै आज सामाजिक सञ्जालमा सकारलाई दबाब दिइएको छ ।
शिक्षकहरुलाई अहिले सम्म खोपको व्यावस्था नगरिएको भन्दै देशै भरका सम्पुर्ण शिक्षकहरु र्भचुअल र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्दै कोभिड खोप नलगाए सम्म स्कुलहरु सञ्चालन नगर्ने बताएका छन् ।
नेपाल शिक्षक महासङ्घले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरे अनुसार जेठ २१ गते “कोभिड खोप नलगाए सम्म स्कुलहरु सञ्चालन हुदैनन” भन्ने नाराको स्टिकर बनाएर हरेक शिक्षक कर्मचारीले आ आफ्नो फेसबुक वालमा पोष्ट गर्ने र त्यसमा आफ्नै पालिकाभित्रका कम्तीमा १० जना शिक्षक कर्मचारी साथीहरुलाई ट्याग गर्ने । साथै उत्त नारा शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको मोबाइलमा म्यासेज पठाउने कार्यक्रम रहेको छ ।
कोभिड–१९ का कारण धेरै मनिसहरु हताहात भएको भयावह अवस्थामा प्रत्यक्ष सडक आन्दोलनका कार्यक्रम ल्याउने र सञ्चालन गर्न सक्ने स्थिति नभएको कारण शिक्षकहरुले र्भचुअल र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्दे आएका छन ।
साथै नेपाल शिक्षक महासङ्घले अनुकूल परिस्थिति हुनासाथ शिक्षक कर्मचारीका माग र मुद्दाका सवालमा कडा सडक आन्दोलन कार्यक्रम ल्याई सरकारलाई घुँडा टेकाउने आन्तिरिक तयारी र कार्यक्रमको खाका समेत बनीसकेको जनाएको छ ।
अहिले सम्म कोभिड १९ कै कारण करिब १५० भन्दा बढी शिक्षक र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाकर्मिहरुको मृत्यु भइसकेको छ ।



