काठमाडौं /१८ जेठ – कक्षा नौ र दशमा अध्ययनरत विद्यार्थी तथा एसईईको तयारीमा बसिरहेका विद्यार्थीहरुलाई मध्यनजर गरि नेपाल स्कुल मेलाले अनलाइन क्विज प्रतियोगिता गर्ने भएको छ । अनलाइन मार्फत गर्न लागिएको उत्त अनलाइन क्विज प्रतियोगिता जेष्ठ २३ बाट सुरु हुने भएको हो ।
कक्षा ९ र १० मा अध्ययनरत तथा एसईई तयारीमा बसेका विद्यर्थीले भागलिन पाउने उक्त प्रतियोगिता कोभिड महामारी पछिको पहिलो प्रतियोगिता हो ।
साथै प्रतियोगितामा भाग लिनको लागि जेठ २० गतेसम्ममा रजिष्ट्रेशन गरिसक्नु पर्ने छ । जेठ २३ गतेबाट विधिवत रुपमा संचालन हुने प्रतियोगितामा भाग लीनका लागि लिंक https://nepalschoolmela.com/edufair/quiz मा गएर रजिष्ट्रेशन गर्न सकिने छ । प्रतियोगिताका लागि रजिष्ट्रेशन गर्दा विद्यार्थीहरुले सम्बन्धित स्कुलको सिफारिस पत्र पनि संलग्न गर्नु पर्ने छ ।
जुम मार्फत गरिने यस अनलाइन क्विज प्रतियोगिता नेपाल स्कुल मेलाको आधिकारिक फेसबुक पेज https://www.facebook.com/nepalschoolmela बाट लाइभ हेर्न सकिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार रकम पुरस्कार स्वरुप प्रदान गरिने मेलाकी संयोजक दीपिका रिमाल थापाले बताउनु भयो । साथै तिन–तिन हजारका दरले तिन जनालाई पनि सान्तवना पुरस्कार दिइने छ । र प्रत्येक प्रतिस्पर्धी सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराइने छ ।
अहिले हरेक दिन विभिन्न उपहार सहित नेपाल स्कुल मेलाको आधिकारिक फेसबुक पेजबाट वामअप अनलाइन क्विज प्रतियोगिता भैरहेको छ । हरेक दिन ५ बजे बेलुका एउटा वामअप प्रश्न नेपाल स्कुल मेलाको फेसबुक पेजमा मा राखिने छ । प्रतियोगितामा भागलिने विद्यार्थीहरुले त्यसको उत्तर कमेन्ट बक्समा मा लेख्नु पर्ने छ र अर्को दिन पाँच बजे लक्कि ड्र मार्फत एक जनालाई विजेता घोषणा गरिनेछ ।
नेपाल स्कुल मेला प्याब्सनको सहकार्यमा र नेसनल प्याब्सन , हिसान , खबर एजुकेशन अनलाइन मिडिया,बेदान्त पब्लिकेशन, टाइम्स इन्टरनेशनल पब्लिकेशन र ग्लोबल आइओटी लगायत विभिन्न संघ संथाहरुको सहयोगमा संचालन भैरहेको मेलाको आयोजना कलेज रिडर्स पत्रिकाले गरेको छ ।



