यो वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाटै हुने

काठमाडौं /१७ जेठ – यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

विद्यार्थीको आन्तिरिक मूल्यांकनको विवरण विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । त्यसरि पठाएको आन्तिरिक मूल्यांकनको विवरणको आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।