झापा/३१ बैशाख -कोरोना भाइरसको दोस्रो लहर चलिरहदा बिश्व कोभिडमय बनिसकेको छ । देशका अधिकांश अस्पतालहरुमा अक्सिजन अभाब हुन पुग्दा बिरामिको उपचारमा समस्या आइसकेको छ । अर्को तर्फ कोरोना बिपत्तिमा समाजमा विभिन्न नकारात्मक टिका टिप्पणीले जनमानस त्रसित र भयभित भएको छ । लकोरोनाको दोस्रो लहरले देश आक्रान्त बन्दैगर्दा ढिलो चाडो कोरोना संक्रमणले सबैलाइ छुने निश्चित छ ।
तसर्थ भोलि तपाईं हामीपनि कोरोना भाइरसको संक्रमणमा पर्न सक्छौं । त्यसैले फलानोलाई कोरोना लागेछ भनेर संक्रमीत प्रती नकारात्मक टीका टिप्पणी गर्न छोडेर संक्रमितलाई हौसला र उत्प्रेरित गर्नुनै जिम्मेवार नागरिकको कर्तव्य हुनआउछ ।
अहिले कोरोना संक्रमितको मनोबल गिराउने नकारात्मक टिप्पणी गर्न छोडेर सामाजिक सद्भाव र भाइचारा कायम राख्न सम्पुर्णमा अनुरोध गर्न शिक्षकहरु नै अघि बढ्दै आफू बच्दै अरुलाइ पनि बच्ने हौसला र प्रेरणा जागृत गराउन आवश्यक छ ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै तमाम शिक्षकहरुले प्रबिधी मार्फत समाजका नागरिक हरुलाइ सचेतना गराउदै सकारात्मक सन्देश प्रबाह गर्न जरुरी देखिन्छ । अर्कोतर्फ कोभिड १९ को बिश्व्यापी महामारिले देश आक्रान्त बन्दै गर्दा देशभरीका सम्पुर्ण शिक्षण संस्थाहरु बन्द छ्न ।
यस्तो विषम परिस्थितिमा शिक्षकहरुले आफ्ना बिद्यार्थीहरु माझ कक्षामा प्रत्यक्ष रुपमा उपस्थित भएर अध्यापन गराउन नसक्दा भविष्यका कर्णधार मानिने बिद्यार्थीहरु ज्ञान हासिल गर्नपाउने नैसर्गिक अधिकारबाट बिमुख भएका छ्न ।
सम्भब हुने स्थानहरुमा अनलाइन कक्षा मार्फत कक्षा संचालन गर्ने तथा सम्भब नहुने स्थानमा टेलिफोन सम्बाद तथा अन्य भर्चुअल माध्यम मार्फत बिद्यार्थीहरुसँग जोडिएर बैकल्पिक अध्यापन विधि अपनाउन ढिलाइ गर्न हुन्न ।
कोरोना प्रकोपको महामारीमा परिस्थिति अनुरुप सम्पुर्ण पेशाकर्मी शिक्षकहरुले बर्तमान परीवेशमा प्रबिधिको माध्यमबाट अभिभावक तथा बिद्यार्थीहरुलाई कोरोना सचेतना तथा सावधानी बारे जानकारि गराउन आवश्यक रहेको देखिन्छ ।
मैनबत्ती झैं आफै जलेर अरुलाइ ज्ञानको उज्यालो छर्ने शिक्षकहरुका पनि आफ्नै किसिमका समस्याहरु हुने गर्द्छ्न । आफ्ना समस्याहरू लाई थातिराखेर अहिलेको विषम परिस्थितिमा सामाजिक सद्भाव सम्प्रेषण गर्दै कोरोना बिपत्ति विरुद्ध लड्दै दलगत पुर्बाग्रहलाई त्यागेर हातेमालो गर्दै समाज र राष्ट्रलाई सहयोग गर्ने बेला आएको छ ।
समृद्ध बन्ने उज्ज्वल सपना लाई पोल्टामा राखेर कर्तब्य पथमा लम्कदै गर्दा कोभिड १९ को दोस्रो लहरका कारण सावधानी अपनाउँदा अपनाउँदै देशभर दर्जनौ शिक्षकहरुले आफ्नो ज्यान बलिदान गरिसक्नु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण देशमा स्वास्थ्य समस्या झनझन दिनानुदिन बिकराल बन्दै गइरहेको छ । देशभरका अस्पतालहरु तथा कोभिड उपचार सेन्टरहरुमा अक्सिजन तथा उपचारमा आवस्यक औषधि लगायत सामग्रीहरुको अभाव हुनथालेको छ ।
यस्तो विषम परिस्थितिमा कोभिड– १९ को दोस्रो वेभको संक्रमणमा कोरोना बिरुद्द लडिरहेका तमाम शिक्षक अभिभावक तथा बिद्यार्थीबर्गहरुमा आत्मबल बढाउदै सावधानि अपनाउन र कोरोना लाई पराजित गरि सामान्य दैनिकिमा फर्कन स्वास्थ लाभको कामना गर्न शिक्षकहरु आफै लागि पर्नुपर्ने देखिन्छ ।
अहिले स्वास्थ्य सावधानि अपनाउनु नै पहिलो महत्वपूर्ण उपाय भएकोले सम्पुर्ण शिक्षक महानुभावहरु लाई आ–आफ्नो बसोबास रहेको छेत्रमा ब्यक्तिगत दुरिमा रहेर जनचेतनामूलक सन्देश प्रबाह र सुझाब सम्प्रेषण गर्न तथा आवस्यक सहयोग पुर्याउन शिक्षकहरुको कर्तव्य हुनआउँछ ।
समाजका गहना मानिने शिक्षक बर्गलेनै समाजका रचनात्मक र सचेतनामुलक कार्यहरुमा अग्रणी भुमिका खेल्नुपर्ने अभिभावकको माग रहेको पाइन्छ ।
तसर्थ शिक्षकहरुको पेसागत संस्थाहरुका संरक्षकहरु , संस्थापकहरु, पूर्व कार्यसमितिका पदाधिकारीहरु, बर्तमान संघीय, प्रदेश,जिल्ला र स्थानीय कार्य समितिका पदाधिकारीहरु, बर्तमान कार्यसमिति सदस्यहरु,निबृत्त सदस्यहरु, सेवारत सम्पुर्ण शिक्षकहरुले आफ्ना अभिभावक र बिद्यार्थीहरुलाई सचेतना फैलाउदै कोरोना बिपत्तिमा धैर्यधारण गर्दै अघिबड्न सरोकार पक्षहरूलाई सचेत गराउनुपर्ने देखिन्छ ।
(शिक्षक रेग्मी नेपाल शिक्षक संघ , झापा गौरादह नगरपालिका स्थानिय समितीका अर्थ –सचिव हुन )



