कोरोना अपडेट : पछिल्लो चौबीस घण्टामा ९३०५ जनामा संक्रमण, १६८ जनाको मृत्यु

काठमाडौं /२९ बैशाख- पछिल्लो चौबीस घण्टामा ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०,३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी चौबीस घण्टामा १६८ जनाको मृत्यु भएको छ ।