कक्षा ९ र १० मा आउँदो शैक्षिक सत्रबाट नयाँ पाठ्यपुस्तक

काठमाडौं/१४ पुस– पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्र २०७७ बाट कक्षा ९ र १० मा नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउने भएको छ ।
केन्द्रले परिवर्तित पाठ्यक्रमका आधारमा कक्षा ९ का ११ र कक्षा १० का ९ वटा ऐच्छिक विषयको पाठ्यपुस्तक तयार गरेको छ । पाठ्यक्रम अधिकृत चिनाकुमारी निरौलाका अनुसार कक्षा ९ मा इतिहास, भूूगोल, नागरिकशास्त्र, समाजशास्त्र, स्वास्थ्य तथा शारिरीक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युुटर विज्ञान विषयको पाठ्यपुस्तक परिवर्तन गरिएको छ ।
यस्तै, कक्षा १० अन्तर्गत इतिहास, भूूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वस्थ्य तथा शारिरीक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान विषयको पाठ्यपुस्तक परिवर्तन गरिएको उनले जानकारी दिइन् । केन्द्रले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने जिल्लामा समेत नयाँ पाठ्यपुुस्तक लागुु गर्न लागेको छ ।