काठमाडौं/२ माघ – काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले पटक–पटक एउटै व्यक्तिलाई उपकुलपतिमा सिफरिस नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विश्वविद्यालय कार्यकारी परीषदले एक व्याक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धति विकास गर्न भनि उठान गरेको विषयलाई स्मरण गराउदै निश्चित मापदण्ड र पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्तिलाई चयन गर्नयोग्य, सक्षम, निष्ठावान र कहिँकतै विवादित नभएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिन संघले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयलाई नेतृत्व गर्न धेरै सक्षम तथा योग्य आकांक्षीहरु हुँदाहुँदै पनि एउटै व्यक्तिलाई पटक–पटक उपकुलपतिका लागि सिफारिस गरिन हुँदैन र यदि गरिन्छ भने सो सिफारिस गर्ने समिति माथि यस प्राध्यापक संघले मात्रै हैन, सम्पूर्ण प्राज्ञिक जगत एवं सरोकारवालाहरुले नै प्रश्न चिह्न उठाउनेप्रति सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौं ।” यदि एउटै व्यक्तिलाई दोहो¥याउने, उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी, आदि जस्ता कार्यहरु भएमा उपकुलपति सिफारिस समितिले परिवर्तनको बाधकको रुपमा चित्रित गर्ने निश्चित छ ।
उपकुलपति सिफारिस एवं नियुक्ति गर्ने विधि तथा प्रक्रियालाई अझ पारदर्शी बनाउँदै बदलिँदो विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डोर्याउने शैक्षिक क्षेत्रको उन्नयन गर्दै मुलुकलाई नै मार्गनिर्देश गर्ने उद्देश्य बोकेको योग्य, सक्षम, निष्ठावान र कहिँ कतै विवादिन भएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिनु हुन र दुई वा दुई कार्यकाल भन्दा बढी नेतृत्व गरिसकेका व्यक्तिहरुलाई पुनः नियुक्त नगरिदिनु हुन विज्ञप्ति मार्फत संघले माग गरेको छ ।
यही माघ १० गते हालका उपकुलपति डा. रामकण्ठ माकाजुको कार्यकालसकिँदै छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति हुनका लागि ४० भन्दा बढी प्राध्यापकहरुले शिक्षा मन्त्रालयमा आवेदन दिएको खबर सार्वजनिक भएको छ । काठमाडौं विश्वविद्यालयलाई आठ वर्ष दुई कार्यकाल नेतृत्व गरिसकेका माकाजुले पुनः नियुक्तिका लागि आवेदन दिएको स्रोतले जनाएको छ ।




