काठमाडौ/ १ माघ – त्रिविले स्नातक तह ३ वर्षे एल. एल. वि. तेस्रो, ५ वर्ष विए. एल. एल. वि. चौथो र ४ वर्षे वि. एफ. ए. प्रथम र दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्न आह्वान गरेको छ । परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले माघ २ गते देखि भर्नका लागि सूचना प्रकशित गरेको छ ।
त्यसै गरी २०७७ साल फागुन महिनामा सञ्चालन हुने शिक्षा सास्त्र संकाय अन्र्तगत सेमेस्टर प्रणलिमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टर (खुला तथा दूर सिकाई समेत) को नियमित तथा आंशिक/मौका परीक्षामा दिन चाहनेले माघ २० गते भित्र आवेदन फारम भर्न आह्वान गरेको छ ।




