सामुदायिक विद्यालय नै शिक्षक दरबन्दीविहीन

  •  
  •  
  •  
  •  
  •  


सिन्धुली /१३ कार्तिक – सिन्धुली जिल्लामा सरकारी अनुदानमा खुलेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका कुल ५६३ वटा सामुदायिक विद्यालयमध्ये १४२ वटा सामुदायिक विद्यालय शिक्षकको स्थायी दरबन्दीविहीन अवस्थामा रहेका शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।

समन्वय एकाइका अनुसार ३९ वटा मावि,८१ वटा निमावि र २१ वटा प्राविमा सो तहको शिक्षक दरबन्दी शुन्य अवस्थामा रहेको छ । त्यस्तै ९४ वटा माविमा चाहिने जति शिक्षकको दरबन्दी नभएको एकाइका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनु भयो ।

उँहाका अनुसार सिन्धुली जिल्लामा १२० वटा मावि, ८१ वटा निमावि र ३६२ वटा प्रवि रहेका छन । त्यस्तै जिल्ला भरी कुल एक हजार दुई सय अठ्चालिस शिक्षकको स्थायी दरबन्दी भएकोमा मावि तहमा १४५ वटा निमावि तहमा १५५ वटा र बाँकी प्रावि तहमा शिक्षक दरबन्दी रहेको छ ।

जिल्लाका कुल माविमध्ये २४ वटामा मात्रै शिक्षकको न्यूनतम दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो । शिक्षा नियमावली २०५९ अनुसार कक्षा एक देखि ३ सम्म सञ्चालित विद्यालयमा दुई जना, १ देखि ५ सम्म सञ्चालित विद्यालयमा तीन जना, १ देखि ८ सम्म सञ्चालित विद्यालयमा चार जना र मावितहमा पाँच जना शिक्षक हुनुपर्ने व्यावस्था गरेको एकाइ प्रमुख गजुरेलले बताउनुभयो ।

शिक्षकको दरबन्दी नभएपछि अधिकांश विद्यालयले निजि स्रोतबाट बेहोरेर शिक्षक राखेर पठनपाठन कार्य सुचारु गर्दै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । आजको गोरखापत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *