आज देशभरमा ५ सय ७० जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्र २ सय ५२ जनामा कोरोना

  •  
  •  
  •  
  •  
  •  


काठमाडौं /११ कात्तिक – आज देशभरमा ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ । जसमा २ हजार ७ सय २५ को पीसीआर परीक्षण भएको थियो ।

योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । जसमध्ये ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन् । १ लाख १८ हजार ८ सय ४३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

आज मात्र ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

त्यसै गरी मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस ९कोभिड(१९० पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

हाल उपत्यकाभित्र २० हजार ५८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १६ हजार ९ सय ५८, ललितपुरमा २ हजार ४ सय ३४ र भक्तपुरमा १ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *