काठमाडौं/२५ भदौ – सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गरेबापत शुल्क लिने पाउने भएका छन्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रिस्तरीय निर्णयबाट निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने भएका हुन् ।
मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ उक्त व्यवस्था गरिएको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’
शिक्षा मन्त्रालयले यसअघिल अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको थियो । वैकल्पिक सिकाई निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएपनि शुल्ककोे विषयमा कुनै निर्णय गर्न सकेका थिएनन् ।