काठमाडौं/२२ भदौ – काठमाडौं मेडिकल कलेज (केएमसी) ले दुई हजार चार सय ९९ रुपैयाँमै कोरोना परीक्षण पिसिआर गर्ने भएको छ ।
केएमसीले मुलुकमा कोरोना संक्रमणको दर बढेसँगै संस्थागत रुपमा आउनेलाई दुई हजार चार सय ९९ रुपैंयामै पिसिआर परीक्षण गर्ने र आम सर्वसाधारणका लागि दुई हजार पाँच सय ९९ रुपैंयामा कोरोना परीक्षण गर्ने घोषणा गरेको छ ।
केएमसीका अध्यक्ष डा. सुनिल शर्माले सरकारलाई कोरोना भाइरससँग लड्न सहयोग पुर्याउन सस्तोमा पिसिआरको सुविधा उपलब्ध गराएको बताए ।
सरकारले कोरोना परीक्षणका लागि चार हजार चार सय रुपैयाँमा शुल्क निर्धारण गरिदिएको थियो । आम सर्वसाधारणले केएमसीको सिनामंगल र भक्तपुरको दुवाकोट स्थित हस्पिटलबाटै कोरोना परीक्षण गराउन सक्छन् । डा.शर्माको नेतृत्वमा आएसँगै यसअघि केएमसीले ओपीडी सेवा निस्शुल्क गरेको थियो ।