स्तरोन्नतीका लागि सुदुरपश्चिम प्रदेशका ९ क्याम्पस छनोट

काठमाडौं /१७ भदौ – सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै जिल्लामा एक/एक वटा क्याम्पस नमूना क्याम्पसका रुपमा छनोट गरेको छ ।


छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डडेलधुराको त्रिवेणी बहुमुखी, बैतडीको जगन्नाथ, दार्चुलाको दार्चुला, बझाङको सुनकुडा, बाजुराको बाजुरा र अछामको अछाम बहुमुखी क्याम्पस नमूना क्याम्पसका रुपमा छनोट गरिएको छ ।


विश्वविद्यालय आयोगले बनाएको मापदण्ड, तोकिएका ५८ वटा विभिन्न सूचकहरु र क्याम्पसले भरेको स्वमूल्याङ्कन फारामका आधारमा प्रदेशले क्याम्पसहरु छनोट गरी स्तरोन्नती गर्न पहल गरिएको हो ।


यसका लागि मन्त्रालयले ‘नमूना क्याम्पस तथा व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७७’ तयार गरिरहेको छ ।
छनोट भएका क्याम्पसको स्तरोन्नती गर्नका लागि चालू वर्षमा २० लाख रुपैयाँका दरले बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ ।