काठमाडौं/१६ भदौ – हेटौंडा उपमहानगरपालिकाले लाखौं विद्यार्थी शिक्षाबाट बञ्चित भएका छन् । यसबाट बागमती प्रदेशकै एकमात्र हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अभ्यास पुस्तिका वितरण गरिने भएको छ ।
नगरपालिकाले नगरभित्र रहेका आधारभूत तहका विद्यार्थीलाई घरमै बसेर पढ्न र लेख्नका लागि सामाग्री तयार पारेर वितरण गर्न सुरु गरेको हो । कोरोना भाइरसको त्रासका कारण ११ चैतदेखि विद्यालय जान नपाएका बालबालिकाहरुलाई घरमै बसेर पढ्न अभ्यास पुस्तिका वितरण सुरु गरिएको नगर प्रमुख हरिबहादुर महतले बताए ।
नगरपालिकाले पहिलो चरणमा कक्षा १ र २ का विद्यार्थीहरुलाई विद्यालयको पाठ्यपुस्तक जस्तै अभ्यास पुस्तिका छपाई गरी वितरण गरेको छ । विद्यार्थीले घरमै बसेर अभ्यास पुस्तिकामा लेखिसकेपछि शिक्षकलाई जाँच गर्नका लागि दिइने नगरपालिकाले जनाएको छ ।
निजी विद्यालयले भर्चुअल कक्षा सञ्चालन गरेपनि सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पहुँचमा इन्टरनेट नहुने, उपयुक्त मोबाइल नहुने जस्ता समस्याले पढ्न नपाएपछि नगरपालिकाले अभ्यास पुस्तिका विवरण सुरु गरेको हो ।