र्पूवाञ्चल विश्वविद्यालयको स्थगित परीक्षा असोज पहिलो हप्तादेखि हुने


काठमाडौं/ १५ भदौ – र्पूवाञ्चल विश्वविद्यालयले कोभिड–१९ महामारीका कारण स्थगित सेमेष्टर परिक्षा प्रणली अन्तर्गतका स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु बैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ । परीक्षा असोज महिनाको पहिलो सातादेखि सुरु गर्ने भएको छ । साथै नियमित तर्फका विद्यार्थीहरुलाइ आफुले अध्ययन गर्ने कलेजमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।


तर वार्षिक तर्फका नियमित,आंशिक र सेमेष्टर तर्फका आंशिक परिक्षाहरुको हकमा निर्णय भइनसकेको र निर्णय पछि परिक्षा सञ्चालन गरीने जनाएको छ ।