एनओसीले सिर्जना गरेको भ्रम


काठमाडौ/ १४ भदौ – कोरोना भाइरसका कारण करिब पाँच महिनादेखि बन्द रहेको विदेश अध्ययनका लागि जान विद्यार्थीलाई दिने अध्ययन स्वीकृत पत्र (एनओसी) सरकारले पुन जारी गर्ने निर्णय गरेसँगै शैक्षिक परामर्श व्यवसायीमा थोरै भएपनि आस जगाएको छ ।


एनओसी पुनः दिने निर्णय भएपनि सैद्धान्तिक प्रमाणिकरण हुन भने बाँकी नै छ । लामो समयदेखि एनओसी लेटर बन्द हुँदा विदेश अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, अफर लेटर प्राप्त गरेका विद्यार्थी, भिसा लागेका विद्यार्थीहरुको भविष्य अन्योलमा पर्नुका साथ साथै कन्सल्टेन्सी व्यवसाय समेत प्रभावित भएको छ ।


सरकारको यो निर्णयसँगै विदेश अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, अफर लेटर प्राप्त गरेका विद्यार्थी, भिसा लागेर जान नपाएका विद्यार्थीहरु भने खुसी भएका छन् । यसरी करिब ६ महिना पछि एनओसी खुल्दा लगभग दुई सेमेस्टर छुटि सकेको शैक्षिक परामर्श व्यवसायीको भनाई छ । तर, देश भित्रका शैक्षिक संस्थाको भविष्य के हुने ?, विद्यार्थीको भविष्य के हुने ?, विश्वविद्यालयका परीक्षा हुन सकेको छैन, विद्यार्थीहरु घरमै छन् । यस्तो अवस्थामा राज्य भित्र भएका शैक्षिक संस्थाको वेवास्था गर्दै एनओसी पुनः दिने निर्णय ठिक नभएको र यसले विद्यार्थी र अभिभावकमा भ्रम सिर्जना गरेको शैक्षिक संस्था सञ्चलकहरुको भनाई छ ।

तर, देश भित्रका शैक्षिक संस्थाको भविष्य के हुने ?, विद्यार्थीको भविष्य के हुने ?, विश्वविद्यालयका परीक्षा हुन सकेको छैन, विद्यार्थीहरु घरमै छन् । यस्तो अवस्थामा राज्य भित्र भएका शैक्षिक संस्थाको वेवास्था गर्दै एनओसी पुनः दिने निर्णय ठिक नभएको र यसले विद्यार्थी र अभिभावकमा भ्रम सिर्जना गरेको शैक्षिक संस्था सञ्चलकहरुको भनाई छ ।


यो विषयमा शैक्षिक परामर्श व्यवसायीहरु नै अन्योलमा परेको देखिन्छ । यति मात्रै होइन विदेश जाने सोचमा भएका विद्यार्थी र अभिभावक पनि अन्योलमा परेका छन् । विदेशका कलेजहरुको पठनपाठन निरन्तर हुनु र धमाधम भर्ना खुल्नुले विद्यार्थीहरुमा तनाव र्सिजना गरेको छ ।


एनओसी खुल्नु भनेको भोलि नै टिकट काटेर धमाधम विद्यार्थी पठाउनु होइन । यो त टियुसन फिस पठाउने बाटो मात्र खोलिएको हो । तर, अधिकांशको बुझाइमा एनओसी खुल्नु भनेको विदेश अध्यानमा जानु हो भन्ने बुझाइ पनि छ । एनओसी लिएका सबै विद्यार्थीको भिसा लाग्छ र विदेश अध्ययनमा जान्छन भन्ने पनि छैन ।

तर, विद्यार्थी र अभिभावकले के बुझ्न आवश्यक छ भने यो अवस्थामा विदेश जाँदा आफूलाई सहज होला ?, कोभिड- १९ बाट सुरक्षित भइएला ?, विदेश अध्ययनमा त जसो तसो गइएला तर त्यहाँ गइसके पछिको अवस्था के होला ? राम्रोसँग सोच्नु पर्ने देखिन्छ । अहिले एनओसी खोल्नु भनेको अवस्था सहज भएपछि विदेश अध्ययनमा जानलाई प्रक्रिया पूरा गर्ने बाटो मात्र खोलेको हो ।


कतिपय विदेशी कलेजले नेपाली विद्यार्थीलाई लक्षित गरेर भर्ना समेत खोलि सकेका छन् । तर, विद्यार्थी र अभिभावकले के बुझ्न आवश्यक छ भने यो अवस्थामा विदेश जाँदा आफूलाई सहज होला ?, कोभिड- १९ बाट सुरक्षित भइएला ?, विदेश अध्ययनमा त जसो तसो गइएला तर त्यहाँ गइसके पछिको अवस्था के होला ? राम्रोसँग सोच्नु पर्ने देखिन्छ । अहिले एनओसी खोल्नु भनेको अवस्था सहज भएपछि विदेश अध्ययनमा जानलाई प्रक्रिया पूरा गर्ने बाटो मात्र खोलेको हो ।

यस्तो बेला एनओसी खोल्नु गलत

नवराज काफ्ले
केन्द्रीय अध्यक्ष,विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघ


विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघका केन्द्रीय अध्यक्ष नवराज काफ्लेले अहिले एनओसी खोल्नु ठिक नभएको बताएका छन् । देशको अवस्था नजुक भएको र विदेश जानलाई हवाइ उडान बन्द रहेको अवस्था छ । यति बेला विश्वका धेरै देश लकडाउनमै छन् । त्यहाँ भएका हाम्रा विद्यार्थी बेरोजगार भएको अवस्था छ, बीचमा पढाइ रोकेर भएपनि देश फर्कन चाहने विद्यार्थीको संख्या ठूलै छ । विद्यार्थी फर्कने सक्ने अवस्था पनि छैन । अभिभावकको आम्दानी पनि घटिरहेको छ । त्यसकारण यस्तो अवस्थामा एनओसी दिनु गलत निर्णय भएको उनले बताए ।

यति बेला विश्वका धेरै देश लकडाउनमै छन् । त्यहाँ भएका हाम्रा विद्यार्थी बेरोजगार भएको अवस्था छ, बीचमा पढाइ रोकेर भएपनि देश फर्कन चाहने विद्यार्थीको संख्या ठूलै छ । विद्यार्थी फर्कने सक्ने अवस्था पनि छैन । अभिभावकको आम्दानी पनि घटिरहेको छ । त्यसकारण यस्तो अवस्थामा एनओसी दिनु गलत निर्णय भएको उनले बताए ।

यस्तो अवस्थामा एनओसी खोल्नु भनेको राज्यको धेरै पैसा विदेश जानु पनि हो । त्यत्रो पैसा नेपालीसँग छ त ? हाम्रा ८० लाख विद्यार्थीको अवस्था राम्रो छैन । देशमै भएका शैक्षिक संस्थाको अवस्था पनि नाजुक छ रु तसर्थ यसले शैक्षिक परामर्श व्यवसायलाई खुसी त देला तर, लकडाउनको बेला अनलाइनबाट एनओसी खोलेर कुनै अर्थ नरहेको र देशमै भएका शैक्षिक संस्थालाई थाति राखेर यस्तो बेला एनओसी खोल्नु गलत निर्णय भएको उनको भनाई छ ।

एनओसी खोल्नु व्यवसायीका लागी सबै थोक होइन

देविदास भट्टराइ
प्रथम उपाध्यक्ष,नेपाल शैक्षिक परामर्श संघ
(इक्यान )


तर, इक्यानका प्रथम उपाध्यक्ष देविदास भट्टराइले एनओसी खोल्नु शैक्षिक परामर्श व्यवसायीका लागी एनओसी खोल्नु सबै थोक नभएको जनाएका छन् । फागुन भन्दा अगाडी विदेश अध्ययनमा जान तयारीमा रहेका विद्यार्थी, अफर लेटर प्राप्त गरेका विद्यार्थी, भिसा लागेर जान नपाएका विद्यार्थीहरुका लागि मात्र सहज हुने उनले बताए । विशेष गरेर जापान जाने विद्यर्थीको लागि यसले सहज हुने,र विदेशमै भएका विद्यार्थीलाई सजिलो हुने उनको भनाइ छ । विश्वको जहाँ गएर पनि पढ्न पाउने विद्यार्थीको अधिकार भएको हुँदा एनओसी खोलेर सहज गर्नुपर्ने उनको तर्क छ । कति विद्यार्थीलाई एनओसीको आवश्यकता रहेको बताउँदै उनले भने, त्यस्ता विद्यार्थीलाइ राम्रो हुनेछ ।

यो अवस्थामा बाध्यात्मक परिस्थीति बाहेक हतार गरेर विदेश नजान उनले विद्यार्थीलाई अनुरोध समेत गरेका छन् । उनले विद्यार्थी विदेश गइहाल्नु पर्छ र हामीले पैसा कमाउनु पर्छ भन्ने धारणा इक्यानको नरहेको प्रष्ट पारे ।

यो अवस्थामा बाध्यात्मक परिस्थीति बाहेक हतार गरेर विदेश नजान उनले विद्यार्थीलाई अनुरोध समेत गरेका छन् । उनले विद्यार्थी विदेश गइहाल्नु पर्छ र हामीले पैसा कमाउनु पर्छ भन्ने धारणा इक्यानको नरहेको प्रष्ट पारे । उनले एनओसी खुले पनि अभिभावकलाई र विद्यार्थीलाई हतारमा विदेश अध्यानको लागि हाम नफाल्न इक्यानको तर्फबाट अनुरोध गरेका छन् ।

भ्रमात्मक अभिव्यक्ति दिने भन्दापनि सकरात्मक रुपमा लिनु पर्छ

दिपक कोइराला
सचिव,राष्ट्रिय शैक्षिक परामर्श संघ
(नेका )


त्यसैगरी शैक्षिक परामर्श व्यवसायी तथा नेकाका सचिव दिपक कोइरालाले एनओसी खोल्नु भनेको भोलिनै विद्यार्थी बाहिर जानु नभई बाहिर फिस पठाउने माध्यममात्र भएको बताएका छन् । यसमा शैक्षिक परामर्श व्यवसायीले भ्रमात्मक अभिव्यक्ति दिने भन्दापनि सकरात्मक रुपमा लिनु पर्ने उनको भनाइ छ ।

एनओसी खोल्नु भनेको भोलिनै विद्यार्थी बाहिर जानु नभई बाहिर फिस पठाउने माध्यममात्र भएको बताएका छन् । यसमा शैक्षिक परामर्श व्यवसायीले भ्रमात्मक अभिव्यक्ति दिने भन्दापनि सकरात्मक रुपमा लिनु पर्ने उनको भनाइ छ ।

यो अवस्थामा एनओसी खोल्नु राम्रो हो । अप्ठ्यारोमा परेका विद्यार्थीलाई यसले सहज बाटो दिन्छ । तर,यसैको आधारमा केही कन्सल्टेन्सिले गलत काम गर्न सक्छन् बतनउँदै उनले भने, सरोकार निकायले निगरानी गर्नु आवश्यक छ । विद्यार्थी र अभिभावकले बुझनु पर्ने के छ भने कतिपय बिदेशी शैक्षिक संस्थाहरु मा भिसा पछि अप्लाइ गर्ने र अहिले फी पठाउदै अनलाइन पढदै गर्ने अवस्थामा विद्यार्थीको पछि भिसा लागेमा जान सक्ने अवस्था आउला तर भिसा नलागे आफ्नो फी कति काटिएर फिर्ता आउने हो स्पस्ट रुपमा बुझेर मात्र अगाडि बढने र आफुले पढ्ने शैक्षिक संस्थाको अवस्था अलि बढी बुझेर मात्र अगाडि बढ्न सम्पुर्ण विद्यार्थी अभिभावकमा अनुरोध पनि छ । लामो समय सम्म यस्तै अवस्था रहयो भने पैसा डुब्ने सम्भावना हुने भएकाले अभिभावक र विद्यार्थीलाई विचार पुर्याउन सुझाव दिएका छन्