आइसीटीका विषयमा शिक्षकहरुका लागि कार्यशाला गोष्ठी

काठमाडौं /१२ भदौ – ललितपुर महानगरपालिका शिक्षा शाखा र नेपाल शिक्षक महासंघ ललितपुर महानगर समितिको आयोजनामा कोरोना महामारीको समयमा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।


भर्चुअल माध्यमबाट शिक्षकहरुका लागि आयोगना गरिएको कार्यशालामा आधारभूत र माध्यमिक तहका शिक्षकलाई आधारभूत कम्प्यूटर र इन्फरमेसन कम्यूनिकेसन टेक्नोलोजी आइसीटीका विषयमा जानकारी गराइएको छ ।
हिजोबाट सुरु भएको कार्यशाला यही भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा शिक्षण प्रक्रियामा आधुनिक प्रविधिहरूको प्रयोगको बारेमा जानकारी र अभ्यास गराइनेछ । कोरोना महामारीको समयमा अनलाइन मार्फत पठनपाठन भइरहेकाले शिक्षकहरुलाई राहत पुग्ने विश्वास गरिएको छ ।


कार्यशालामा ललितपुर महानगरभित्रका ४० वटा सामुदायिक विद्यालयका ३४० जनाभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ ।