सीटीईभीटीका सेवाहरु भोलिबाट बन्द हुने


काठमाडौं/३१ साउन- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी० परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलिबाट (आईतबार) प्रत्यक्ष सम्पर्क हुने सेवाहरु बन्द गर्ने भएको छ ।

सीटीईभीटीले आईतबारबाट अर्को निर्णय नभएसम्मका लागि प्रमाणपत्र वितरण, प्रमाणपत्र भेरिफिकेशन, मार्केसिट, ट्रान्सक्रिप्ट वितरण, रजिस्ट्रेशन कार्ड विवरण लगायतका प्रत्यक्ष सम्पर्क हुने सेवाहरु बन्द हुने भएको छ ।

साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार कोभिड-१९ को सन्त्रासकका कारण अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएको थियो ।