काठमाडौं /१८ साउन – राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले यसवर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम तयार गरिरहेको छ । कक्षा ११ र १२ लाई विद्यालय तहमा गाभिएसँगै एकपथिय प्रणाली अनुसार पठनपाठन हुनेछ । अब देखि संकाय छैन जसमा विज्ञान संकाय,व्यावस्थापन संकाय,मानविकी संकाय भन्न मिल्दैन । अब विद्यार्थीले उच्च शिक्षामा के पढ्ने हो त्यसका आधारमा विषय छनोट गर्नु पर्छ । तिनवटा विषय नेपाली,अंग्रजी र सामाजिक अनिवार्य विषय हुनेछन् । वाँकी चारवटा समुहमा विभाजन गरीएको छ जसमा ७९ वटा विषय छन् । ति चारवटा समुहबाट तिनवटा विषय विद्यार्थीले अनिवार्य छान्नु पर्ने हुन्छ । अर्को एउटा विषय छनोट भने ऐच्छिक हो । पढ्न सक्छु पढाइमा भार हुदैन जस्तो लाग्यो भने पढ्न पाइन्छ ।
तर, यस विषयमा विद्यालय, विद्यार्थी र अभिभावक भने अझै अनविज्ञ छन् । एसईईको नतिजा कुरेर बसिरहेकी जगते बस्ने सलिना ढुङ्गेललाई कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने बारे केही थाहा छैन । कक्षा ११ मा व्यवस्थापन विषय अध्ययन गर्ने योजना बनाएकी उनलाई हामीले कक्षा ११ मा संकाय प्रणाली हटेको र नयाँ पाठ्यक्रम लागू हुन लागेको छ भन्दा अचम्मित भईन् । उनी मात्र होइन, सिनामंगल बस्ने काजल शर्मा, दिया मान्नधर र जोरपाटी बस्ने सुदिप कार्कीलाई पनि कक्षा ११ मा संकाय प्रणाली हट्ने र नयाँ पाठ्यक्रम लागू हुने साथै अब विषय छनोट गर्दा चारवटा समुहबाट तिनवटा विषय विद्यार्थीले अनिवार्य छान्नु पर्ने हुन्छ भन्दा उनिहरुलाइ अचम्म लाग्यो यो विषयमा कोही जानकार छैनन् ।
आफ्ना छोराछोरीको भविष्य प्रति चिन्तित हुने धेरै अभिभावक पनि यो विषयमा अनविज्ञ नै छन् । धेरै अभिभावकले पाठ्यक्रम प।िवर्तनसंगै अब ११ र १२ पनि माध्यमिक शिक्षा हो तपाइहरुलाइ यसको बारे थहा छ भनेर हामिले सोध्दा जानकार नरहेको बताए । एसईईको नतिजा कुरेर बसिरहेका वुटवलका आशिस चापगाइको अभिभावकलाई यो विषयमा धेरै जानकार नर।हेको बताए । अब के पढाउनु हुन्छ भनेर हामिले सोध्दा संकाय अनुसार विज्ञान पढाउने जवाफ आयो । अनि हामीले कक्षा ११ मा संकाय प्रणाली हटेको र नयाँ पाठ्यक्रम लागू हुन लागेको छ भन्दा अचम्मित भए । यी त प्रतिनिधि कुरा मात्र हुन तर अधिकांश विद्यार्थी र अभिभावकलाई कक्षा ११ मा संकाय प्रणाली हटेर नयाँ पाठ्यक्रम लागू हुने जानकार छैनन् ।
विद्यार्थीहरुलाई पाठ्यक्रम परिवर्तन हुने बारे जानकारी नहुनु स्वभाविक मान्न सकिन्छ । तर, कलेजहरु समेत जानकार नहुनु र कतिलाइ थाहा भएर पनि थाहा नपाए जस्तो गर्नु चाहिँ लाजस्पद कुरा हो । एसईईको नतिजा सार्वजनिक नभईकन कलेजहरुले प्रि रजिस्ट्रेशन खुलाएर धमाधम संकाय प्रणाली अनुसार विद्यार्थी भर्ना गरिरहेका छन् । जबकि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्ने र संकाय प्रणाली हटेको जानकारी गराउँदै आईरहेको छ । यसले गर्दा विद्यार्थी र अभिभावकलाइ झन अन्योलमा पारेको छ ।
यस्तै, कक्षा ११ मा भर्नाका लागि नतिजा सार्वजनिक भएपछि नयाँ मापदण्ड बनाउने केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताएका छन् । तर, कलेजहरुले न त भर्नाको मापदण्डलाई पर्खे, न त नयाँ पाठ्यक्रम लागू गर्ने विषयमा जानकारी लिए ।