घरघरमा गएर पढाउँदै हेभेन हिल स्कुल

काठमाडौं/ ४ असार- लमजुङमा रहेकाे हेभेन हिल एकेडेमी स्कुलले अाजबाट विद्यार्थीहरुकाे घरघरमा गएर पढाउने भएकाे छ । सरकारले भने जस्ताे इन्टरनेटकाे माध्यमबाट यहाँ पढाउन सम्भव नभएकाे र धेरै विद्यार्थीकाे पहुँचमा टिभी र रेडियो नभएपछि विद्यालयले घरघरमा गएर पढाउने भएकाे हाे ।

विद्यालयका प्रिन्सिपलका शमशेर थापाले भने,” हिजाे विद्यार्थीहरुलाई पुस्तक वितरण गरिसकेका छाैं र अाजबाट घरघरमा विद्यालयका शिक्षकहरु पढाउन जानुहुन्छ । ” घरघरमा शिक्षक अाएर पढाउने भएपछि अभिभावक र विद्यार्थी दुवै खुसी भएका छन् । प्रिन्सिपल थापाका अनुसार दिनदिनै विद्यार्थीकाे घरघरै गएर पढाउन सम्भव नभएकाले दिन बिराएर विद्यार्थीकाे घरघरै पढाउने व्यवस्था गरिएकाे छ ।

लामाे समयदेखि पठनपाठन ठप्प हुँदा विद्यार्थीकाे शैक्षिक सिकाईमा असर परेपछि विद्यालयले यस्ताे गर्न लागेकाे हाे । गाउँमा इन्टरनेटकाे सुविधा नभएकाे र टिभी र रेडियाे पनि सबै विद्यार्थी सँग नभएपछि विद्यालयले यस्ताे गर्न लागेकाे प्रिन्सिपल थापाकाे भनाई छ ।

कक्षा ६ सम्म पठनपाठन हुँदै अाएकाे यस विद्यालयमा एक सय ५० जान विद्यार्थी अध्ययनरत छन् । सरकारले असार एक गतेदेखि वैकल्पिक माध्यमकाे प्रयाेग गरी विद्यालयका विद्यार्थीकाे शैक्षिक सिकाईलाई निरन्तरता दिन निर्देशन दिई सकेकाे छ ।