काठमाडौं/१ असार– कोरोना संक्रमण नियन्त्रण गर्नका सरकारले जारी गरेको लकडाउन केही खुकुलो बनाएको भएपनि विद्यालयमा पठनपाठन भने गर्न पाइने छैन असार १ गते देखि शैक्षिक संस्थाहरु खुल्न पाउनुका साथै आन्तरिक कार्य गर्नका लागि कुनै रोकावट छैन ।
तर, विद्यालयहरुले विद्यालयमा विद्यार्थीहरु जम्मा परी प्रत्यक्ष कक्षा सञ्चालन भने गर्न पाउँदैनन् । लामो समय पठनपाठन अवरुद्ध हुँदा शैक्षिक सत्र समेत प्रभावित भएको छ । यसलाई मध्येनजर गर्दै सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचमा आधारमा वैकल्पिक प्रणालीबाट पठनपाठनलाई निरन्तरता दिने प्रक्रिया अघि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। उक्त निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने उल्लेख छ। निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरूलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ।
लकडाउन जारी भएसँगै निजी विद्यालय, स्थानीय तहहरुले दूर शिक्षा र इन्टरनेटमा आधारित शिक्षा प्रदान गर्दै आईरहेका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले श्रव्यदृश्य शाखाले डिसहोम, म्यास टिभी र नेट टिभीको विद्यालय शिक्षा च्यानबाट प्रसारण हुने ।
श्रव्यदृश्य पाठको पुनःप्रसारण तालिका ।