कक्षा १० र ११ को परीक्षा संधैका लागि हटाई कक्षा १२ मा राष्ट्रियस्तरको परीक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं/३० जेठ–व्यवस्थापिका संसदको हिजो बसेको बैठकले यस वर्षको लागि स्थगित भएको एसईई परीक्षा संधैका लागि हटाएर कक्षा १० र ११ का परीक्षाहरु स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

संविधान र कानुनले नै कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटानी गरेकाले संसदले यस्तो निर्देशन दिएको हो । समितिले कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षको एसईई परीक्षा सञ्चालन नगर्ने सरकारको निर्णय उपयुक्त रहेको समेत जनाएको छ । व्यवस्थापिका समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएका निर्देशकहरु :