सुदूरपश्चिम प्रदेशले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं/२० जेठ– सुदूरपश्चिम प्रदेशले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शर्मिलाकुमाारी पन्तले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्न लागेको बताइन् ।

संघीय र स्थानीय तहसँगको सहकार्यमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने, प्रादेशिक शिक्षा नीतिका साथै आवश्यक ऐन तर्जुमा गरिनेछ । प्रदेशले ‘मेरो विशेषज्ञता मेरै प्रदेशका लागि’ का लागि भन्ने नाराका साथ पिछडिएका वर्गका जेहेन्दरा विद्यार्थीहरुलाई चिकित्सा शिक्षा लगायतका उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

प्रदेश विश्वविद्यालय स्थापनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया सुरु गरिने प्रदेशले जनाएको छ । यस विश्वविद्यालयमा कृषि सम्बन्धि अध्ययन र अनुसन्धानलाई विशेष स्थान दिइनेछ ।