काठमाडौं/१७ जेठ-अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटअनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड रकम सरकारले विनियोजन गरेको छ । सरकारले यो वर्षबाट कक्षा पाँचसम्म पढ्ने सबै सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउने २०७७।७८ को वार्षिक बजेटमार्फत घोषणा गरेका हो ।
देशभर २८ हजार सामुदयीक विद्यालयमा छन् । जसमा कक्षा पाँचसम्म पढ्ने विद्यार्थीको संख्या २८ लाख छ । दिवा खाजा कार्यक्रमका लागि सरकारले ७ अर्ब ५२ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । यसअघि ४३ जिल्लाका सरकारी स्कुलका कक्षा ५ सम्मका विद्यार्थीलाई मात्र दिवा खाजा दिँदै आएको थियो ।
यस वर्षबाट राजधानीका विद्यालयलाई पनि समाबेस गर्ने भएको छ । अधिकांश विद्यार्थी उपत्यका बाहिरका रहेका र गरिब तथा मजदुर परिवारको रहेकाले त्यस्ता विद्यार्थीलाई यस कार्यक्रमा समावेश गर्न आवश्यक रहेको शिक्षा मन्त्रालयको बताएको छ ।
सरकारले उपलबध गराउने खाजा स्थानीय स्तरमै उपलब्ध हुने तथा विश्व खाद्य कार्यक्रमले तोकेको परिमाणमा पोषण तत्वयुक्त हुनुपर्ने छ ।