काठमाडौ/ ९ जेठ- निजी विद्यालयका सञ्चालकहरूको छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग राहतको माग गरेका छन् ।
विश्वभरी फैलिएको कोरोना (कोभिड–१९) महामारीको कारण गत चैत्र ११ गतेदेखि देशैभरका शैक्षिक सस्था पूर्ण रुपमा बन्द रहेको अवस्थामा प्याब्सन र नेसनल प्याब्सनले सरकारसँग राहत प्याकेज उपलब्ध गराउन माग गरेको हो ।
अरबौंको लगानी डुब्ने, लाखौं बाल–बालिकाको शैक्षिक भविष्य अन्धकारमय हुने तथा संस्थागत विद्यालयहरुमा आश्रित लाखौं शिक्षक–कर्मचारीहरुको रोजगारी गुम्ने संकटपूर्ण, भयावह अवस्था सिर्जना हुनलागेको कारण राहतका उपायका रुपमा प्राथमिकतासाथ आगामी बजेटमा सम्बोधन गर्न नेपाल सरकार समक्ष माग राखेका छन् । यदि राहत प्याकेज उपलब्ध नभए निजी विद्यालय बन्द हुन सक्ने उनिहरुको भनाइ छ ।
साथै शिक्षा क्षेत्र पूर्णरुपमा बन्द हुदा संस्थागत विद्यालयसँग आवद्ध २० लाखभन्दा बढी बाल–बालिकाको शैक्षिक भविष्य प्रभावित हुने छ , भने शैक्षिक संस्थामा कार्यरत दुई लाखभन्दा बढी शिक्षक–कर्मचारीहरुको रोजगारी गुम्ने र नेपाली नागरिकको ४५० अर्बको आर्थिक लगानी समेत धरापमा पर्ने उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ प्याब्सन तथा नेशनल प्याब्सनद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति: